“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-०१
- A
- A-
- A+
जिल्ला रुपन्देही सैनामैना
न.पा. वडा नं. ०९ घर भई हाल का.जि.का.म.न.पा. बानेश्वर बस्ने का.जि.का.म.न.पा. वडा
नं. ९ सिनामंगल स्थित Prestige H.R. Manpower Pvt. Ltd. का
सञ्चालक अं वर्ष ४० को छविलाल भट्टराईले हिमाल खनाल समेतलाई वैदेशिक रोजगारीको
लागि रोमानिया पठाईदिन्छु, रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर
लगाईदिने भनी विश्वास दिलाई, प्रलोभनमा पारी रकम लिई सम्पर्क विहिन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ
गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज छविलाल भट्टराईको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।०१ गते मिनभवन, काठमाडौँबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : छविलाल भट्टराई
उमेर : ३९
वर्ष
वतन : जिल्ला रुपन्देही सैनामैना
न.पा. वडा नं. ०९ घर भई हाल का.जि.का.म.न.पा. बानेश्वर