"अवैध सुन सहित मानिस पक्राउ"
२०७९-०५-०७
- A
- A-
- A+
मिति २०७९।०५।०६ गते दिउसो Sharjah Aviation Service को G9536 नं. को फ्लाईटमा दुवई हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौबाट विकाश महाजन समेतका व्यक्तिहरूले भन्सार छली गरी अबैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।०५।०६ गते काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.०९ सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट पश्चिम विहार, दिल्ली भारत स्थायी वतन भएका बर्ष ३४ को बिकाश महाजनलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको सेण्डो भेष्टमा सुन जस्तो पहेलो पेष्ट गरेको धातु सहित तौल गर्दा ४०८ ग्राम र निलो रंगको अण्डरवेयरमा सुन जस्तो पहेलो देखिने कपडामा पेष्ट गरेको धातु सहित तौल गर्दा ३६९ ग्राम गरी जम्मा ७७७ ग्राम तौल रहेको धातु तथा रू.५०० दरको भारतिय रूपैयाँ १९,५००।- एवं ४२० UAE Dirham सहित निजलाई नियन्त्रणमा लिई रित पूर्वक बरामद गरी सोधपुछको क्रममा निजले भेष्ट र अण्डरवेयरमा पेष्ट गरेको सुन जस्तो देखिने पहेलो धातु दुवईबाट लगाएर भारत लैजाने भन्ने प्रारम्भिक अनुसन्धानमा खुलाएको हुँदा भन्सार छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०७९।०५।०७ गते दशिका सामान सहित निज अभियुक्तलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।
पक्राउ व्यक्ति :
·
नाम : बिकाश महाजन
उमेर : ३४ वर्ष
ठेगाना : पश्चिम बिहार राज्य, दिल्ली भारत