“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-०८
- A
- A-
- A+
जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. १६ स्थाई घर भई हाल
जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १० बस्ने वर्ष २६ को उत्सव दाहालले धनञ्जय
कुमार कार्की समेतलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु, क्रोएसिया
पुगेपछि Agriculture Farm मा
काम लगाईदिन्छु मासिक रु. १,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा
पारी निज पीडितहरूबाट जम्मा रु. ६,२४,०००
।- ( अक्षरुपी छ लाख चौबिस हजार रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक
रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा निज
उत्सव दाहाललाई खोजतलास गर्ने क्रममा मिति २०७९।०५।०८ गते का.जि.का.म.न.पा. वडा
नं. ९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:-
१.
नाम
थर : उत्सव दाहाल
उमेर
: २६ वर्ष
वतन : जिल्ला
मोरङ बिराटनगर म.न.पा. वडा नं. १६ स्थाई घर भई हाल जिल्ला
काठमाण्डौ
का.म.न.पा वडा नं. १० बानेश्वर बस्ने ।