“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-०८
- A
- A-
- A+
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको बिभिन्न
मितिको फैसलाले रू.१,१९,०४,०००।-(एक
करोड उन्नाईस लाख चार हजार रूपैयाँ) जरिवाना तथा २४ दिन कैद तोकी फरार रहेका जिल्ला पुर्वी रूकुम, सिस्ने गाउँपालिका वडा नं.०५ स्थायी
वतन भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.१३ बाफल बस्ने वर्ष ३१ को अर्जुन
बुढाथोकीलाई यस कार्यालयको विशेष
अनुसन्धान टोलिले मिति २०७९।०५।०७ गते सुकेधारा, काठमाण्डौबाट पक्राउ गरी आज मिति
२०७९।०५।०८ गते सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी:
१.
नाम : अर्जुन बुढाथोकी
उमेर
: ३१ बर्ष
ठेगाना: सिस्ने-०५, पूर्वी रुकुम
हाल :
काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.१३ बाफल