“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१२
- A
- A-
- A+
जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गा.पा.
वडा नं. २ गोपिगञ्ज स्थाई घर भई हाल का.जि. गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर
चौधरीले नर बहादुर थनेत समेतलाई दुबई जानको लागि प्रतिव्यक्ति रु. ८,००,०००/- (
अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) लाग्छ, दुबई पुगेपछि ArmsGuard मा काममा लगाइदिन्छु, मासिक रु. १,००,०००/-
सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट जम्मा रु. ३८,००,०००/-
( अक्षेरुपी अठ्तिस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क
विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित
गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज भोज बहादुर
चौधरीको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।१० गते का.जि.का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : भोज
बहादुर चौधरी
उमेर : ३४
वर्ष
वतन : जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गा.पा.
वडा नं. २
गोपिगञ्ज स्थाई घर भई का.जि. गोंगबु बस्ने ।