“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१३
- A
- A-
- A+
जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं. ४ स्थाई घर भई
हाल जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ५ सल्लाघारी बस्ने वर्ष २० की पुन
माया श्रेष्ठले श्रीया सुवेदी समेतलाई वर्किङ भिषामा रोमानिया जानको लागि
प्रतिव्यक्ति रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ मात्र ) लाग्छ, रोमानिया
पुगेपछि Food Packaging को काममा
लगाइदिन्छु, मासिक रु. ७५,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरूबाट जम्मा रु. १७,७५,०००/- (अक्षेरुपी सत्र लाख पचहत्तर हजार रुपैयाँ
मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको टोलीले निज पुन माया श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।१३ गते का.जि.का.म.न.पा.
वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : पुन
माया श्रेष्ठ
उमेर : २०
वर्ष
वतन : जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं. ४ स्थाई घर भई
हाल जिल्ला
भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ५ सल्लाघारी बस्ने ।