प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विना अनुमति “सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ”का नाममा विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री-वितरण गर्ने उद्योग सिल”

२०७९-०५-१३

  • A
  • A-
  • A+
Share

घटना विवरण:-

ललितपुर महानगरपालिका वडा नं.०३ सुन्दरिघाट स्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको नाममा विना अनुमति भारतका विभिन्न कम्पनी (रघुनाथ एग्रो, बेष्ट डिल, कृष्ण राईस प्रोसेसर प्रा.लि., रहिम ईन्ड्रष्ट्रिज)बाट आयातित चामलमा उत्पादन मिति/वर्ष र उत्पादक स्थान लगायतको विवरण नखुलेका लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्राण्ड (थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, जन्नत, जन्नत जिरा, सुवास, साँचो सोनम, घैला, कोहिनुर, जिवा, साँचो क्लासिक, मुवारक क्याटरिना जिरा, साँचो लङ्ग ग्रेन, स्पेशल अनेष्टी, सुवाश उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही वासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस)  लगायतका लोगो राखी खाद्य अनुज्ञापत्र अनुमति नलिई विभिन्न ब्राण्डका लेवल राखी प्याकेजिङ गरी विक्री वितरण गरेको आधारमा मिति २०७९।०५।१३ गते यस कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बबरमहलबाट समेत खटिएको टोलिले उल्लेखित उद्योगमा छापा मारी उद्योग परिसरमा रहेको कूल १,८०,०३०।– (एक लाख असी हजार तिस) के.जि. चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं विग्रिएको अवस्थामा रहेको ४७,४६० के.जि. चामल सहित फेला पारी खाद्य तथा गुणस्तर परिक्षणका लागि नमुना संकलन गरी उक्त उद्योगलाई सिल बन्दी गर्नुका साथै उद्योग संचालक एस अग्रवाल र म्यानेजर बाल कुमार भन्ने लाल बहादुर वस्नेतलाई नियन्त्रणमा लिई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धान कार्यको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बबरमहल पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।

 

 

पक्राउ परेका व्यक्तिहरु:-

१.नामथर : एस अग्रावाल

उमेर : २७ बर्ष

ठेगाना : जि.मोरङ, विराटनगर म.न.पा.वडा नं.०९ शनिहाट

हाल : का.म.न.पा.वडा नं.१३ छाउनी

 

२.नाम थर : बाल कुमार भन्ने लाल बहादुर वस्नेत

उमेर : २७ बर्ष

ठेगाना : जि.ओखलढुंगा, सुनकोशी गा.पा.वडा नं.०५ पात्ले

हाल : का.म.न.पा.वडा नं.१४ कोलेश्वर

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।