“ जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१९
- A
- A-
- A+
घटना विवरण :
जिल्ला मोरङ रतुवामाई न.पा. वडा नं. ९ स्थाई घर भई हाल जिल्ला
ललितपुर बालकुमारी बस्ने वर्ष ३८ की मिना सुब्बाले सिलास रम्तेललाई वैदेशिक
रोजगारीको लागि वर्किङ भिषामा जापान जानको लागि रु. १३,००,०००/- ( अक्षेरुपी तेह्र
लाख रुपैयाँ मात्र ) लाग्छ, जापान पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु,
मासिक रु. ३,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट
जम्मा रु. १३,००,०००/- (अक्षेरुपी तेह्र लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन
भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन
हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज मिना सुब्बाको खोजतलास
गर्ने क्रममा मिति २०७९।०५।१९ गते का.जि.का.म.न.पा. वडा नं. ३१ सुविधानगरबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ
पठाईएको ।
निम्न:
नाम थर : मिना
सुब्बा
उमेर : ३८
वर्ष
वतन : जिल्ला मोरङ रतुवामाई न.पा. वडा नं. ९ स्थाई घर भई हाल जिल्ला
ललितपुर
बालकुमारी बस्ने ।