चोरी मुद्धामा जरिवाना समेत तोकी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०५-१९
- A
- A-
- A+
घटना विवरण :-
राम प्रसाद घिमिरेको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी सोमलाल बल समेत भएको नकवजनी चोरी (काठ) सम्मानित भक्तपुर जिल्ला अदालतको
मिति २०७५/०८/११ गतेको फैसलाले प्रतिवादी हिमाल लामा भन्ने हिरा बहादुर लामालाई
रू.१,७३,४८३/- जरिवाना भई हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादीको खोजतलासस
गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०५/१९ गते अन्दाजी
१४:३० बजेको समयमा काठमाण्डौंको जरंखु पुल नजिक फेला पारी पक्राउ गरी फैसला
कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पठाईएको ।
फरार प्रतिवादी:-
नामथर:-हिमाल लामा भन्ने हिरा बहादुर लामा
उमेर:-४९ बर्ष
ठेगाना:-जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा.वडा नं.८
हाल:- का.जि.तारकेश्वर न.पा.वडा नं.८ जरंखु बस्ने