“प्रहरी हौ भनि लुटपाट गर्ने व्यक्तिहरू पक्राउ”
२०७९-०५-३०
- A
- A-
- A+
काठमाण्डौ ठमेलमा संचालित ओरियण्टल मनी एक्सचेन्जबाट मिति २०७९।०५।२२ गते १९:१० बजेको समयमा उक्त मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिकै पुग्दा ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले आफूहरू प्रहरी भएको बताई जवरजस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याई हातपात गरी साथमा रहेको नगद रू.३०,२३,२०८।–(तिस लाख तेईस हजार दुई सय आठ रूपैया), IPhone मोवाईल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटी फरार भएको भनि यस कार्यालयमा निवेदन प्राप्त भएको, सो घटनाको अनुसन्धान गर्ने क्रममा योगेन्द्र तामाङ समेत ३ जनालाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०५।२९ गते काठमाण्डौ कपनबाट घटनामा प्रयोग गरेका मो.सा.सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०५।३० गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको ।
१. नाम
: योगेन्द्र तामाङ
उमेर : २९बर्ष
ठेगाना : जि.भोजपुर, रामप्रसाद राई गा.पा.वडा नं.०१
हाल : लोकन्थली, भक्तपुर
२. नाम : देव लामा
उमेर : ३० बर्ष
ठेगाना : जि.सिन्धुली,मरिन गा.पा.वडा
नं.०३
हाल : का.जि.कपन
३. नाम : मिन बहादुर
तितुङ (रोहित)
उमेर : २० बर्ष
ठेगाना : जि.रामेछाप, सुनापाती
गा.पा.वडा नं.०१
हाल : का.जि.कपन