" सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट कैद, जरिवाना तोकिई फरार रहेका प्रतिवादी पक्राउ "
२०७९-०६-३०
- A
- A-
- A+
घटनाको छोटकरी विवरण :
बैकिङ कसुर मुद्दामा सम्मानित उच्च
अदालत पाटन, ललितपुरको
मिति २०७९।०४।२३ गतेको फैसलाले निज प्रतिवादी ब्रजेश उपाध्यायलाई बिगो रू.२,६१,५५,१७५।- जाहेरवालालाई भराई बिगो बमोजिम
रू.२,६१,५५,१७५।-जरिवाना, क्षतिपुर्ति शुल्क रू.१०,४६,२०७।- पीडित राहत कोषमा
जम्मा गराई २ महिना १५ दिन कैद हुने ठहर भई निज प्रतिवादी हाल सम्म फरार रहेको
हुँदा यस कार्यालयबाट खटिएको टोलीले निज प्रतिवादीको खोजतलास गर्दै जाँदा मिति २०७९।०६।३० गते काठमाण्डौको नक्सालबाट पक्राउ
गरी निजलाई फैसला कार्यन्वयनको लागि आजै सम्मानित ललितपुर
जिल्ला अदालतमा पेश गरिएको ।
पक्राउ
परेका प्रतिवादी :
नाम : ब्रजेश उपाध्याय ।
उमेर : ५० वर्ष
ठेगाना : जिल्ला भक्तपुर
सूर्यविनायक न.पा. ५ स्थायी घर भई हाल
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १
नक्साल बस्ने ।