" हुण्डीको कारोबार गर्ने ब्यक्तिहरु पक्राउ " २०७९-०७०२
२०७९-०७-०२
- A
- A-
- A+
घटना विवरण :
जिल्ला काठमाण्डौ का.म.न.पा.वडा
नं.१७ स्थित ढल्को चोकमा बिभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन
विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार(हुण्डी) गर्दै आएको
भन्ने गोप्य सूचना यस
कार्यालयमा प्राप्त हुन आएको हुँदा नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र नलिई बित्तिय
कारोवार गर्ने कार्यमा संलग्न रहेका बर्ष ३७ को
नविन गोयल र बर्ष ४५ को उमेश
महेश्वरीको निग्रानी राखी निजहरुलाई मिति २०७९।०७।०१ गते अं.
१७:०० बजेको समयमा भारत घर भई हाल का.जि.ढल्को बस्ने बाल चन्द्र सरावगीको फल्याटमा
निजहरुले हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद रु.४१,९६,०००।–(एकचालिस लाख
छ्यान्बे हजार मात्र) बरामद गर्नुको साथै तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम कार्वाहीका लागि जिल्ला प्रहरी
परिसर टेकु, काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्तिहरु:-
१.
भारत हरियाणा प्रदेश हिसार घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं.
१७
ढल्को बस्ने रामधारी गोयलको छोरा बर्ष ३७ को
नविन गोयल ।
२.
जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर नख्खु
भैसेपाटी बस्ने तारा चन्द महेश्वरीको छोरा बर्ष ४५ को उमेश महेश्वरी ।
बरामद सामान र संबन्धीत ब्यक्तिको
फोटो :-
नेपाली नगद रु ४१,९६,०००
।-