"नक्कली करारनामा बनाई ठगी गर्ने व्यक्ती पक्राउ"
२०७९-०७-१७
- A
- A-
- A+
नौसद अन्सारी समेतले काठमाण्डौ जिल्ला
का.म.न.पा वडा नं १३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको
नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी
नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी
रजिष्ट्रारको कार्यालय काठमाण्डौमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रा.लि. नामक कम्पनी दर्ता गराई राम्रो
आम्दानी हुन्छ भनि झुक्याई, प्रलोभनमा पारी विश्वास दिलाई उक्त होटलमा लगानी
गर्नको लागी भनी पटक पटक गरी जम्मा रु ४,५०,००,०००।– ( चार करोड पचास लाख)
रकम लिई ठगी गर्ने कार्यमा संलग्न जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १७ हाल
ऐ वडा नं. १४ पिपरा बहुअरी बस्ने बर्ष ३६
को नौसद अन्सारीको नाममा समेत सम्मानित
काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई फरार रहेकोमा यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. ८ प्रतिमाचोकबाट मिति २०७९।०७।१६ गते पक्राउ गरी
आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाइएको ।
पक्राउ
प्रतिवादीः-
नामः- नौसद
अन्सारी
उमेर:- ३६ वर्ष
वतन:- जिल्ला पर्सा, विरगंज म.न.पा.वडा नं. १७ हाल ऐ. वडा नं. १४ पिपरा बहुअरी
बस्ने ।