“पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०८-१२
- A
- A-
- A+
जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं.१ जानकीनगर घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ सुविधानगर, तिनकुने बस्ने वर्ष ३० की धन कुमारी ओली समेतले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि पोर्चुगलमा जानको लागि प्रतिव्यक्ति रु.१३,००,०००/- ( अक्षेरुपी तेह्र लाख रुपैयाँ मात्र) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु, मासिक रु. १,२०,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट जम्मा रु. २१,००,०००/- (अक्षेरुपी एक्काइस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज धन कुमारी ओलीको खोजतलास गर्ने क्रममा मिति २०७९।०८।११ गते जि. ललितपुर सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न:
नाम थर : धन
कुमारी ओली
उमेर : ३०
वर्ष
वतन : जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा.
वडा नं.
३२
सुविधानगर तिनकुने ।