“ अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०८-१२
- A
- A-
- A+
जिल्ला रामेछाप साविक रामपुर गा.वि.स. वडा नं. ३ परिवर्तित रामेछाप न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ बस्ने वर्ष ३४ को योगेश राज श्रेष्ठले वैदेशिक रोजगारीको लागि अमेरिकामा जानको लागि प्रतिव्यक्ति रु. २५,००,०००/- (अक्षेरुपी पच्चीस लाख रुपैयाँ मात्र) लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु, राम्रो कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरि जम्मा रु. १४,०७,०००/- (अक्षेरुपी चौध लाख सात हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज योगेश राज श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०७९।०८।१२ गते जि. ललितपुर सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न:
नाम थर : योगेश
राज श्रेष्ठ
उमेर : ३४
वर्ष
वतन : जिल्ला रामेछाप साविक रामपुर गा.वि.स. वडा नं. ३ परिवर्तित
रामेछाप न.पा. वडा
नं. ५
घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५