“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०८-२०
- A
- A-
- A+
जिल्ला झापा कन्काई न.पा. वडा नं. ७ स्थाई घर
भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३८ को सञ्जिव आचार्यले उमेश अधिकारी
समेत ४ जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीको लागि पोर्चुगलमा जानको लागि
प्रतिव्यक्ति रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ मात्र ) लाग्छ, पोर्चुगल
पुगेपछि प्रतिष्ठित कम्पनीमा Fruitskeeping को काममा लगाइदिन्छु, मासिक रु. १ लाख कमाई हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरि जम्मा रु. २७,००,०००/- (अक्षेरुपी सत्ताइस लाख
रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले निज सञ्जिव आचार्यको खोजतलास गर्ने क्रममा मिति २०७९।०८।२०
गते जिल्ला भक्तपुर गठ्ठाघरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
पक्राउ परेको व्यक्ति:
नाम थर : सञ्जिव आचार्य
उमेर : ३८ वर्ष
वतन : जिल्ला झापा कन्काई न.पा. वडा नं. ७ स्थाई घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने ।