प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ 1x BET मार्फत सट्टेबाजी गराउने ब्यक्ति पक्राउ”

२०७९-०८-२७

  • A
  • A-
  • A+
Share

फिफा बिश्वकप २०२२ लगायत बिश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने Russian Betting Application 1X BET मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा Agent हरु सक्रिय रहेको सुचनाको आधारमा यस कार्यालयबाट अनुसन्धान गर्ने क्रममा मिति २०७९।०८।२६ गते जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.२ बाट 1X BET का Agent को रुपमा संक्रिय रहेका जिल्ला महोत्तरी, महोत्तरी गा.पा.वडा नं.१ घर भई हाल जिल्ला ललितपुर सानेपा बस्ने आदर्श ठाकुरलाई नियन्त्रणमा लिई मुलुकी अपराध सहिंताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाईएको ।

अनुसन्धान बाट खुल्न आएका तथ्यहरु:-

१.   प्रतिवादीले 1X BET मा सट्टाबाजी गराउन बिगत ८ महिना देखि सट्टेबाजी गर्ने Agent को रुपमा कार्य गर्न थालेको ।

२.   रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा बिभिन्न ब्यक्तिको नाममा Digital Wallet  Account खोली कारोबार गर्ने गरेको । सो क्रममा निजले बिभिन्न ब्यक्तिका नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी समेत खरिद गरी सो बाट बिभिन्न सेवा प्रदायकहरुको सिम कार्ड समेत खरिद गर्ने गरेको ।

३.   Wallet मा संकलन गरेको रकम निजले नाविल, सिद्दार्थ र एन.आई.सि.एसिया बैंकमा रहेको आफ्नो खाता रकमान्तरण गर्ने गरेको । सो क्रममा प्रतिवादीले नाविल, सिद्दार्थ र एन.आई.सि.एसिया बैंकमा क्रमश: रु ६९,०६,७७०।–  रु ४५,५३,५२३।– र रु ८८,२४,१५५ ।- गरी जम्मा रु २,०२,८४,४४८ बराबरको रकम Wallet बाट रकमान्तरण गरेको ।

हाल सम्म अनुसन्धानको क्रममा खुलन आएका ४८५ वटा बिभिन्न सेवा प्रदायक हरुका डिजिटल वालेटहरुको कारोवार रोक्का राखी थप अनुसन्धान कार्य भई रहेको ।

पक्राउ ब्यक्तिहरु:

          नाम:-आदर्श ठाकुर  

          उमेर:-२०

          स्थायी वतन:- जिल्ला महोत्तरी महोत्तरी गा.पा. वडा नं.

           हाल:- जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.

वरामद समाग्री:-

१.      1X BET Application तथा Agent हरुले प्रयोगर्ने Reddy नामक Application Install भएको १+ कम्पनीको मोवाईल थान एक ।

२.      एन सेल र स्मार्ट कम्पनीको सिमकार्ड थान- ९४

 प्रविधिको दुरुपयोग गरी बेटिङ्ग, ठगी लगायतका अन्य कानुन विपरितका कार्यहरु गर्नका लागि ब्यक्तिका परिचय पत्र हरुका समेत दुरुपयोग भई रहेको देखिएकाले आफ्नो कागजातहरु कहि-कतै कसैलाई दिंदा सावधानी अपनाउन र यस्ता गतिविद्यीहरु थाहा भएमा प्रहरीलाई जानकारी दिनु हुन समेत अनुरोध गरिन्छ ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- कृष्णजी थापा   उमेर            :- ३८ वर्ष स्थायी वतन  :- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.२ ।देश             :-  यु.ए.इ.विगो रकम    :- रु.६,३०,०००।– (छ लाख तिस हजार)पक्राउ मिति   :- २०८२/१०/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.२ । पीडित संख्या :- १ जना ।२. नाम थर      :- अनिल कुमार साह    उमेर            :- २२ वर्ष स्थायी वतन  :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.६ ।हाल             :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।देश             :- क्यानडाविगो रकम    :- रु.१८,००,०००।– (अठार लाख)पक्राउ मिति   :- २०८२/१०/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ । पीडित संख्या :- १ जना ।३. नाम थर      :- विवेक भुजेल   उमेर            :- ३० वर्ष स्थायी वतन  :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.१६ ।हाल            :- जिल्ला काठमाण्डौ चन्द्रागिरि न.पा. वडा नं.३ ।देश             :-  यु.ए.इ.विगो रकम    :- रु.३,५०,०००।– (तीन लाख पचास हजार)पक्राउ मिति   :- २०८२/१०/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१३ । पीडित संख्या :- २ जना ।

“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-२२

घटना विवरण :- मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.५ बाहुनधारा स्थित सडक खण्डमा सामुहिक रुपमा पीडितलाई धारीलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई वारदात पश्चात फरार रहेका ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी अनुसन्धान टोलीले मिति २०८२।०५।१९ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं.१०, गड्डाचौकी स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्तिहरुको विवरण:-१) नाम:-  लोप्साङ बम्जन  उमेर : २८ बर्ष  ठेगाना : जिल्ला सिन्धुपालचोक पाँचपोखरी थाङपाल गा.पा.   वडा नं. ०१ बाँसखर्क स्थायी घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा               नं. ०५ जोरपाटी ।२) नाम:- सुमन तामाङ    उमेर:- २६ बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।३) नाम:- कुमार तामाङ    उमेर:- ३० बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-२०

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- विशाल बुढा मगर उमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला प्युठान नौबहिनी गा.पा.वडा नं.०१ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१४ ।     देश             :- क्यानडाविगो रकम    :- रु.१५,३०,०००।–(पन्ध्र लाख तिस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला चन्द्रागिरी न.पा. वडा नं.१४ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- निकेश ढुङ्गाना    उमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला झापा बुद्धशान्ति गा.पा. वडा नं.०२ । हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ ।देश             :- यु.के.विगो रकम    :- रु.४१,००,०००।–(एकचालिस लाख)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.१५ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।३. नाम थर      :- योगेन्द्र सिंह दनुवार   उमेर           :- ४४ वर्षस्थायी वतन :- जिल्ला मोहोत्तरी गौशाला न.पा.वडा नं.०९ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०३ । देश             :- अल्बानियाविगो रकम    :- रु.९,३४,०००।–(नौ लाख चौतिस हजार)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०५-२०

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ३८ कि रञ्जिता थापा(सिटौला)लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:- नामथर : रञ्जिता थापा (सिटौला) उमेर     : ३८ वर्ष ठेगाना  : जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ हाल : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०२ बिगो: रु १५,००,०००।–(पन्ध्र लाख)अनुसन्धानबाट थप खुल्न आएको विवरण:Ø प्रहरी वृत्त लैनचौरबाट बिगो रु २७,००,०००।–(सत्ताईस लाख) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।Ø जिल्ला प्रहरी कार्यालय दोलखाबाट बिगो रु ३७,४९,०००।–(सड्तिस लाख उनन्चास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।  

फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

वादी प्रकाश बस्नेत प्रतिवादी राम प्रसाद भट्टराई भएको चेक अनादर मुद्दामा (मुद्दा नं.०८०-C१-२७८८) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते प्रतिवादीलाई विगो वापत कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेको निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१९ गते काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौमा बुझाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: राम प्रसाद भट्टराई,   उमेर:  ४७ बर्ष,   ठेगाना:  जिल्ला तेहृथुम मेन्छयायेम गा.पा. वडा न.५ मोराहाङ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल बस्ने,   मुद्दा: चेक अनादर मुद्दा,   पक्राउ मिति: २०८२।०५।१९ गते ।   पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल   विगो रकम: रू १०,००,०००।– (अक्षरेपि दश लाख रुपैंया)   तोकिएको सजाय : विगो वापत २ (दुइ) बर्ष कैद ।    अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु: Ø प्रहरी वृत्त बालाजुमा मु.द.नं.७६८ मिति २०८२।०२।०१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । Ø प्रहरी वृत्त महाराजगंजमा मु.द.नं.२४४ मिति २०७९।०५।१६ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।    

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१९

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- तुफायल मिया जोलाहाउमेर           :- ३७ वर्षस्थायी वतन :- जिल्ला पर्सा विन्दबासिनि गा.पा.वडा नं.०५ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।     देश             :- माल्दिभ्स विगो रकम    :- रु.२,३०,०००।–(दुई लाख तीस हजार)पक्राउ मिति   :- २०८२/०५/१८ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।२. नाम थर      :- सहनसिल महर्जन    उमेर           :- ५३ वर्ष स्थायी वतन :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । देश             :- पोल्याण्ड विगो रकम    :- रु.६,२५,०००।–(छ लाख पच्चिस हजार) पक्राउ मिति   :- २०८२/०५/१९ गते । पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । ३. नाम थर      :- बिक्रम साह   उमेर           :- २० वर्षस्थायी वतन :- जिल्ला रौतहट परोहा न.पा.वडा नं.०१ ।हाल           :- जिल्ला ललितपुर ललिपुर म.न.पा. । देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,१०,०००।–(दुई लाख दश हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।४. नाम थर      :- हरिकला खाँण ठकुरी (थापा)   उमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला बाँके कोहलपुर न.पा.वडा नं.१२ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,२३,०००।–(दुई लाख तेइस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जनापठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।