चोरी मुद्धामा जरिवाना समेत तोकी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०९-११
- A
- A-
- A+
तुलसी प्रसाद वाटी समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी माईला, राजन श्रेष्ठ भन्ने केशर बहादुर मानन्धर समेत भएको चोरी सम्बन्धी कसुर मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतको बिभिन्न मितिमा फैसला भई हाल सम्म फरार रहेका प्रतिवादीहरु मध्येका माईला, राजन श्रेष्ठ भन्ने केशर बहादुर मानन्धर निम्न मुद्दाहरुमा निम्न जरिवाना तथा कैद सजाय भएको खुल्न आएकोमा निज प्रतिवादीको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०९/०८ गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला ललितपुर म.न.पा.वडा नं.२२ बुङ्गमती बाट फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पठाईएको ।
|
सि.नं. |
जाहेरवाला |
प्रतिवादी |
मुद्दा |
मुद्दा नं. |
निर्णय नं. |
फैसला मिति |
जरिवाना |
|
१. |
तुलसी प्रसाद वाटी |
माईला, राजन
श्रेष्ठ भन्ने केशर बहादुर मानन्धर |
चोरी |
०७३-CR-०१५८ |
१३३ |
२०७४।१२।१५ |
३९,७५०।- |
|
२. |
मनमाया माकजु |
माईला, राजन
श्रेष्ठ भन्ने केशर बहादुर मानन्धर |
नकवजनी चोरी |
०७३-CR-०१५९ |
१३४ |
२०७४।१२।१५ |
१२,५२५।- |
|
३. |
अमिता ब्याँञ्जु |
माईला, राजन
श्रेष्ठ भन्ने केशर बहादुर मानन्धर |
नकवजनी चोरी |
०७३-CR-०१६० |
१३५ |
२०७४।१२।१५ |
२०,९३२/५०
पैसा |
|
४. . |
प्रेमलाल भडेल |
माईला, राजन
श्रेष्ठ भन्ने केशर बहादुर मानन्धर |
नकवजनी चोरी |
०७३-CR-०१६१ |
१३६ |
२०७४।१२।१५ |
४०,७४०।- |
नोट:- निज
प्रतिवादी माईला,राजन भन्ने केशर बहादुर मानन्धरलाई १८ वर्ष कैद फैसला भएको साथै सबै चोरी मुद्दामा जम्मा रु. १,१३,९४७.५०।– (अक्षरेपि एक लाख
तेह्र हजार नौ सय सच्चालिस रुपैया पचास पैसा) जरिवाना समेत भएको ।
फरार प्रतिवादी :-
नामथर:- माईला,राजन भन्ने केशर बहादुर मानन्धर
उमेर:-४१ बर्ष
ठेगाना:-जिल्ला रामेछाप सुनापती गा.पा.वडा नं.३
हाल:- जिल्ला ललितपुर बुङ्गमती बस्ने