“आखेटोपहारको ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०९-१७
- A
- A-
- A+
दुर्लभ वन्यजन्तुको छाला (आखेटोपहार) को अवैध ओसार पसार मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७९।०७।२७ गते पक्राउ पुर्जी जारी भएका जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.०९ मच्छेगाउँ बस्ने वर्ष ५५ को रुद्रनाथ अधिकारीलाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०९।१७ गते काठमाण्डौ जिल्ला मच्छेगाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि आजै डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : रुद्रनाथ अधिकारी
उमेर : ५५ बर्ष
ठेगाना : चन्द्रागिरी-०९, काठमाण्डौ