“ कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०९-१८
- A
- A-
- A+
घटना विवरण :
जिल्ला झापा धुलाबारी न.पा. वडा नं. १० सुगमटोल
स्थाई घर भई हाल का.जि. किर्तिपुर न.पा. वडा नं. १६ बस्ने वर्ष ३२ को हेमसागर
भण्डारीले समिर तामाङलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु, कतार पुगेपछि प्रतिष्ठित
कम्पनीमा काम लगाईदिन्छु मासिक रु. १,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट पटक-पटक गरी जम्मा रु. १,७२,०००/-
( अक्षरुपी एक लाख बहत्तर हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक
रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा निज
हेमसागर भण्डारीलाई खोजतलास गर्ने क्रममा मिति २०७९।०९।१७ गते अं. १५:०० बजेको
समयमा का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:-
१.
नाम
थर : हेमसागर भण्डारी
उमेर
: ३२ वर्ष
वतन : जिल्ला
झापा धुलाबारी न.पा. वडा नं. १० सुगमटोल स्थाई घर भई हाल का.जि.
किर्तिपुर न.पा. वडा नं. १६