“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०९-२१
- A
- A-
- A+
घटना विवरण :
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत
पाटनबाट मिति २०७९।०६।३१ गते मुद्दा नं. ०७८-CB-१४८७ मा भएको फैसलामा जम्मा रु. ५,५०,०००/- (
अक्षेरुपी पाँच लाख पचास हजार रुपैयाँ मात्र ) जरिवाना, २ (दुई) दिन कैद र रु.
२२,०००/- ( अक्षेरुपी बाईस हजार रुपैयाँ मात्र ) क्षतिपूर्ति शुल्क भराउने गरी
फैसला भई फरार रहेका जिल्ला मकवानपुर साविक हर्नामाडी गा.वि.स. वडा नं. ५
परिवर्तित हेटौंडा उ.म.न.पा वडा नं. १८ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं.
३२ कोटेश्वर बस्ने वर्ष ५६ को सरोज कार्कीलाई यस कार्यालयबाट खटिएको प्रहरि टोलीले
मिति २०७९।०९।२० गते अं. १६:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. चापागाउँ
दोबाटोबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७९।०९।२० गते सम्मानित
काठमाडौँ जिल्ला अदालत उपस्थित पठाईएको ।
निम्न:
१. नाम थर : सरोज
कार्की
उमेर : ५६ वर्ष
वतन : जिल्ला मकवानपुर साविक हर्नामाडी गा.वि.स. वडा
नं. ५ परिवर्तित हेटौंडा
उ.म.न.पा.वडा नं. १८ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर ।