“ छात्रवृत्ति दिलाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०९-२४
- A
- A-
- A+
जिल्ला सिराहा कल्याणपुर न.पा. वडा नं. १० घर भई हाल
का.जि.का.म.न.पा. वडा नं. ३१ बानेश्वर बस्ने वर्ष २७ को सन्तोष मण्डलले आफू Indo Global Consultancy बागबजारको सञ्चालक हुँ
हामीले छिमेकी राष्ट्र भारतमा छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनको लागि पठाउने
गरेका छौँ, तपाईँलाई पनि ईन्जिनियरिङ शिक्षाको लागि DTU ( Delhi
Technological University ) मा भर्ना गराईदिन्छु भनी पीडितलाई
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरि जम्मा रु. ८,००,०००/- (
अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) रकम लिए पश्चात् भनेको समयमा नपठाएछि पटकपटक
सम्पर्क गर्दा समेत सम्पर्क विहिन भई ठगी गरेको भनी यस कार्यालयमा जाहेरी दरखास्त
परेपछि सन्तोष मण्डलको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज सन्तोष मण्डललाई मिति २०७९।०९।२२ गते अं. १६:०० बजेको समयमा का.जि.का.म.न.पा.
वडा नं. ३१ मिनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी
परिसर टेकु, काठमाडौँ पठाईएको ।
निम्न:
१. नाम थर : सन्तोष
मण्डल
उमेर : २७ वर्ष
वतन :
जिल्ला सिराहा कल्याणपुर न.पा. वडा
नं. १० घर भई हाल का.जि.का.म.न.पा.
वडा नं. ३१ बानेश्वर