“ लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०९-२५
- A
- A-
- A+
सम्मानित काठमाडौँ जिल्ला अदालतबाट लेनदेन बिगो
मुद्दामा २ ( दुई ) वर्ष कैद र बिगो रु. ४०,००,०००/- ( अक्षेरुपी चालिस लाख
रुपैयाँ ) समेतको फैसला भएको मुद्दामा फरार प्रतिवादी मध्येको जिल्ला सुनसरी धरान उ.म.न.पा.
वडा नं. १७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ लामाटार बस्ने
वर्ष ४४ को सजिव भट्टराईलाई यस कार्यालयबाट खटिएको प्रहरि टोलीले मिति २०७९।०९।२४
गते अं. १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ११ त्रिपुरेश्वरबाट पक्राउ
गरी फैसला कार्यान्वयनको लागि मिति २०७९।०९।२५ गते सम्मानित काठमाडौँ जिल्ला अदालत,
बबरमहलमा पठाईएको ।
नाम थर : संजिव भट्टराई
उमेर : ४४ वर्ष
वतन : जिल्ला सुनसरी धरान उ.म.न.पा. वडा नं. १७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी
न.पा. वडा नं. ८ लामाटार