“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-१०-०६
- A
- A-
- A+
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत
पाटनबाट मिति २०७९।०१।०६ गते मुद्दा नं. ०७८-CB-०२०८ मा भएको फैसलामा जम्मा रु. ८,२४,०००/- (
अक्षेरुपी आठ लाख चौबिस हजार रुपैयाँ मात्र ) बिगो तथा जरिवाना, ७ (सात) दिन कैद र
रु. ३२,९६०/- ( अक्षेरुपी बत्तीस हजार नौ सय साठ्ठी रुपैयाँ मात्र ) क्षतिपूर्ति
शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला धादिङ गंगाजमुना गा.पा. वडा नं. ६
स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३ बाँसबारी बस्ने वर्ष २९ को लोकमान
गुरुङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।०५ गते १६:०० बजेको
समयमा का.जि.का.म.न.पा. वडा नं. १० बानेश्वर थापागाउँबाट पक्राउ गरी फैसला कार्यान्वयनको
लागि मिति २०७९।१०।०६ गते सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहल पठाईएको ।
निम्न:
१. नाम थर : लोकमान गुरुङ
उमेर : २९ वर्ष
वतन :
जिल्ला धादिङ गंगाजमुना गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि.
का.म.न.पा.वडा नं. ३
बाँसबारी ।