प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“Operation Lima-2”

२०७९-१०-१५

  • A
  • A-
  • A+
Share

घटना विवरण:-

काठमाण्डौ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा यस उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति २०७९।१०।१३ गते ललितपुर महानगरपालिका वडा नं.०१ कुपण्डोल स्थित निरज उप्रेतीले संचालन गरेको Next Taste Liquor Store मा खानतलासी गर्दा नक्कली Khukri Rum फेला पारी कानुन बमोजिम बरामद गरी प्रारम्भिक अनुसन्धानको क्रममा मिति २०७९।१०।१४ गते जिल्ला ललितपुर स्थित महालक्ष्मी न.पा.वडा नं.०५ टिकाथलीको विभिन्न स्थानहरुमा विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने स्थान तथा देहाय वमोजिमका नक्कली मदिराहरू मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका रक्सीहरूको खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामाग्रीहरू फेला पारी कानुन बमोजिम बरामद गरिएको र सो सम्बन्धमा थप अनुसन्धान गर्दा काठमाण्डौ मित्रनगर स्थित धर्मी गौडेलले संचालन गरेको S.T. Liquor Store मा समेत खानतलासी गर्दा गुणस्तरहिन नक्कली Khukri Rum, Ruslan Vodka ब्राण्डका मदिरा समेत बेचविखनका लागि राखिएको फेला पारी बरामद गर्नुका साथै उल्लेखित स्टोरहरूका संचालक  धर्मी गौडेल सहित निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।

 

 

पक्राउ परेका व्यक्तिहरु:-

१.नामः निरज उप्रेती (२७ वर्ष)

ठेगानाःजि.दोलखा, कालिञ्चोक गा.पा. वडा नं. ०३

हालः जि.ललितपुर, कुपण्डोल

 

२. नामः धर्मी गौडेल (२६ वर्ष)

ठेगानाः जि.स्याङ्जा, गल्याङ न.पा.वडा नं.०९

हालः का.जि.टोखा

 

३. नामः गणेश बहादुर रानामगर (२६ वर्ष)

ठेगानाः जि.सिन्धुली, तिनपाटन गा.पा.वडा नं.०२

हालः जि.ललितपुर, टिकाथली

 

अनुसन्धानबाट खुल्न आएका कुराहरुः-

·    विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरी वली, मनोज खत्री, गौरब तामाङ र गोपिकृष्ण श्रेष्ठ समेतले जिल्ला ललितपुर स्थित महालक्ष्मी न.पा.वडा नं.०५ टिकाथली जस्ताको टहरा भाडामा लिई स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू बनाई कालो बजारी गर्ने गरेको ।

·    नक्कली मदिरा संचालकहरूले उक्त स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू प्रचलित बजार दरभाउ भन्दा कम मुल्यमा बेचविखन गर्ने गरेको ।

·   स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन उक्त नक्कली मदिराहरू बनाउने तथा सोको कालो बजारी गर्ने कसुरमा उल्लेखित प्रतिवादिहरूलाई पनि विगतमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तरगतको कसुरमा  मिति २०७९।०५।०८ गते मुद्दा दर्ता गरी कारवाही गरिएको ।


Ø नक्कली मदिरा प्रयोग गर्न राखिएका स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका खाली वोतलहरु-

-          Khukri Rum= ३९३ थान

-          Double Black= १५ थान

-          Red Label= १३ थान

-          Black Label= ५ थान

-          Jack Daniel = ६५ थान

-          Signature Green= ६७ थान

-          Ruslan= ५८ थान

-          Signature Red= ३५ थान

-          Golden Oak= २३२ थान             

-          Old Durbar = २३ थान

-          8848 Vodka = ६ थान

-          Iconic Vodka= ६० थान

-          नक्कली मदिरा बनाउन प्रयोग हुने विभिन्न केमिकल, कच्चा-पदार्थ तथा उपकरणहरु ।

 Ø स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका बरामद गरिएका नक्कली मदिराहरूको विवरण-

-          Golden Oak= ६ वोतल

-          8848 Vodka = ४८ वोतल

-          Muglang = ४२० वोतल

-          2020Apple = ३० वोतल

-          Khukri Rum = ९२ वोतल

-          Ruslan Vodka = १३२ वोतल

 

 

 

 

 

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि हंगेरी पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-११-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि हंगेरी लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- महेश तामाङ   उमेर            :- ५६ वर्ष    स्थायी वतन  :- जिल्ला दोलखा कालिन्चोक गा.पा. वडा नं.४ ।   हाल           :- जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.८ ।देश             :- हंगेरीविगो रकम    :- रु.३,००,०००।– (तीन लाख)पक्राउ मिति   :- २०८२/११/०१  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- जटाधर राउत   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.१ ।हाल           :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.१ ।देश             :- बेलायत र रोमानियाविगो रकम    :- रु.८०,००,०००।– (असि लाख)पक्राउ मिति   :- २०८२/१०/२७  गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ । पीडित संख्या :- ५ जना ।

“वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- ठमराज नेपाली परियार   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.३ । पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ ।२. नाम थर      :- राम कुमार राई   उमेर            :- ३९ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा  नं.१ । पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,८०,०००।– (दुई लाख असि हजार)पक्राउ मिति   :- २०८२/१०/२७ गते । पीडित संख्या :- १ जना ।

“ डाँका र ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी १० वर्ष पछि पक्राउ ”
२०८२-१०-२८

नेत्र बहादुर बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश भन्ने धावा छिरिङ तामाङ समेत भएको डाँका र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतको मिति २०७४।०९।०४ गतेको फैसला बमोजिम राकेश भन्ने धावा तामाङ समेतलाई जनही १० (दश) बर्ष कैद र रु.१,००,१८९।- (अक्षेरुपी एक लाख एकसय उनानब्बे रुपैँया) जाहेरवालालाई भराउने ठहर भएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।१०।२७ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्णबाट राकेश भन्ने धावा छिरिङ तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयणको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरणःनाम थर : राकेश भन्ने धावा छिरिङ तामाङउमेर : ३९ वर्षठेगाना: जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.०४ हालः जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्ण 

“ ६० लाख डकैती गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-१०-२७

मिति २०८२/१०/१४ गते दिनको अन्दाजी १६:०० बजको समयमा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद रु. ६०,००,०००।– (साठ्ठी लाख रुपैयाँ) ल्याउन लगाई ८/९ जना व्यक्तिहरुको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं  पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.     नामथरः- दिपक आले मगर                                            ३. नामथरः- जिवन तामाङउमेरः- २७ बर्ष                                                                                उमेरः-२८ बर्षठेगानाः- जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं. १०                         ठेगानाः- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ७,हाल:- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ५ बस्ने ।                       हालः- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ५ बस्ने ।पक्राउ स्थानः- जिल्ला भक्तपुर शीर्जनानगर                                             पक्राउ स्थानः- का.जि. बाइपास ।                                                           पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                      पक्राउ मितिः-२०८२।१०।१८ गते ।२.     नामथरः- बिक्रम तामाङ                                                            ४. नामथरः- कर्ण बहादुर सुनारउमेरः- ३२ बर्ष                                                                                  बर्षः- ३८ बर्षठेगानाः- जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं. ३ पार्चा ।                            ठेगानाः- जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १३ हाल:- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ बस्ने ।              हालः- का.जि.का.म.न.पा. वडा नं. ९ एयरपोर्ट बस्ने ।पक्राउ स्थानः- का.जि. बाइपास  ।                                                         पक्राउ स्थानः- का.जि. का.म.न.पा. टेकु । पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                       पक्राउ मितिः- २०८२।१०।२० गते ।

“कस्तुरी मृगको बिना (आखेटोपहार) सहित मानिसहरु पक्राउ”
२०८२-१०-२७

जिल्ला काठमाण्डौ शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको विनाको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरु सम्बन्धमा अनुसन्धान, पहिचान एवं खोजतलास गर्दै जाँदा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२७ गते जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. ११ नेपालटार शेषमती स्थितको सडकबाटोमा हिडिरहेको अवस्थामा  सरोज परियार र जितेन्द्र बहादुर चन्दलाई पक्राउ गरी निजहरुको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० (तिस) ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) थान-१ फेला पारी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन,२०२९ बमोजिमको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : सरोज परियार उमेर : ३९ वर्ष                                                                                ठेगाना : जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने । २)     नाम:- जितेन्द्र बहादुर चन्दउमेर:- ३२ बर्ष ठेगाना :- जिल्ला बैतडी पाटन न.पा.वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने ।