“ अपहरणमा परेको भनि नाटक गर्ने व्यक्तिहरु पक्राउ ”
२०७९-१०-२५
- A
- A-
- A+
काठमाण्डौ जिल्ला
चन्द्रागिरी न.पा.वडा नं.१३ पुरानो नैकाप स्थित कंकाली पिस ब्याम्बो रिसोर्टको
अगाडी मानिस अपहरण भएको भन्ने सुचना यस कार्यालयमा प्राप्त हुन आई तत्काल यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति
२०७९।१०।२४ गते अपहरणको नाटक गर्ने कार्यमा संलग्न तपसिलमा उल्लेखित निम्न ब्यक्तिहरुलाई
पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु
काठमाण्डौंमा पठाईएको ।
साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको
भन्ने अनुसन्धानको क्रममा खुल्न आएको ।
पक्राउ व्यक्तिहरु:-
१.
जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.वडा नं.१३
बस्ने चुडा बहादुर बस्नेतको छोरा बर्ष ४७ को बिदुर बस्नेत ।
२.
जिल्ला चितवन भण्डारा राप्ती न.पा.वडा नं.५ घर
भई हाल का.जि.नैकाप बस्ने किशोर चन्द्र बिकको छोरा बर्ष ३३ को दिलिप बिक ।
३.
जिल्ला सर्लाही बर्हथवा न.पा.वडा नं.६ घर भई
हाल का.जि.बालाजु बस्ने बासुदेव महतोको छोरा बर्ष ४७ को भोला महतो नुनिया ।
४.
जिल्ला काभ्रे खानिखोला गा.पा.वडा नं.१ बस्ने
ईन्द्र बहादुर भोलनको छोरा बर्ष ४२ को जगत बहादुर भोलान ।
५.
जिल्ला काभ्रे बनेपा न.पा.वडा नं.६ घर भई
बस्ने सुवा सिंह जिम्वाको छोरा बर्ष ५३ को कान्छामान जिम्वा ।
६.
जिल्ला धादिङ् थाक्रे गा.पा.वडा नं.५ घर भई
हाल का.जि.कालिमाटी बस्ने लक्ष्मण लामाको छोरा बर्ष ४४ को आशमान लामा ।