“नक्कली सवारी चालक अनुमती पत्र (Smart License) बनाउने समुह पक्राउ”
२०७९-११-०३
- A
- A-
- A+
काठमाण्डौ उपत्यकामा केही व्यक्तीहरुले लिखत किर्ते गरी नक्कली
स्मार्ट सवारी चालक अनुमती पत्र बनाई
प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका
व्यक्तीहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई मिति २०७९।१०।२९ गते काठमाण्डौको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट
मिति २०७९।११।०१ गते पक्राउ गरी निजहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको
लागि मिति २०७९।११।०२ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका
कुराहरूः-
Ø कञ्चन गुरूङले आफ्नो फोटो, गंगा तामाङको
नामको सवारी चालक अनुमतिपत्र र रू.५,०००।- आफ्ना चिनजानका मानिस अनिल राईलाई दिएको
।
Ø अनिल राईले आफुले रू.१,५००।- लिई उक्त
फोटो, कागजात र रू.३,५००।- राजन तामाङलाई दिएको । राजन तामाङले रू.३,५००।- लिई
गंगा तामाङको सवारी चालक अनुमतिपत्रमा कञ्चन गुरूङको फोटो टाँसी नक्कली स्मार्ट
सवारी चालक अनुमतिपत्र बनाई दिएको । साथै निजले अन्य धेरै व्यक्तिहरूलाई नक्कली
सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी रहेको ।
Ø निज राजन तामाङ यस अघि पनि लिखत सम्बन्धी
कसुरमा जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरबाट पक्राउ परी मुद्दा चलेको खुल्न
आएको ।
पक्राउ व्यक्तिहरु:
१. नाम : कञ्चन गुरूङ
उमेर : ३४ वर्ष
ठेगाना : पोखरा, म.न.पा.०१ कास्की
हाल : ल.पु.नखिपोट
२. नामः अनिल राई
उमेरः ३८ वर्ष
ठेगानाःलिखु गा.पा.०४,नुवाकोट
हालः काठमाण्डौ टोखा
३. नामः राजन तामाङ
उमेर : ३६ वर्ष
ठेगानाः लिखु गा.पा.०४, नुवाकोट
हालः काठमाण्डौ
तारकेश्ववर