" कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ"
२०७९-११-१०
- A
- A-
- A+
मिति २०७९।०६।२६ गते जिल्ला रौतहट
गरुडा नगरपालिका वडा नं. ०९, सिसवा स्थित सार्वजानिक सडकमा बर्ष ५२ को छबिलाल
शाहलाई ऐ.ऐ. बस्ने बर्ष २७ को शिव शंकर कुमार यादव समेतका ब्यक्तिहरुले कुटपिट गरी
सक्त घाईते बनाएको, नारायणी बयोधा शिक्षण अस्पतालमा उपचारको क्रममा मिति
२०७९।०७।१८ गते मृत्यू भएको, वारदात पश्चात फरार रहेका शिव शंकर कुमार यादवलाई
मिति २०७९।११।०८ गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको
प्रहरी टोलिले जिल्ला ललितपुर ग्वार्कोबाट पक्राउ
गरी आवश्यक कानूनी कारवाहीको लागी ईलाका प्रहरी कार्यालय गरुडा, रौतहट
पठाईएको ।
पक्राउ ब्यक्ति
नाम :- शिव शंकर कुमार यादव
उमेर :- २७ बर्ष
वतन : - जिल्ला रौतहट गरुडा न.पा.
वडा नं. -०९