“नक्कली सवारी चालक अनुमती पत्र बनाउने व्यक्ति पक्राउ”
२०७९-११-१०
- A
- A-
- A+
काठमाण्डौ उपत्यकामा केही
व्यक्तीहरुले लिखत किर्ते गरी विभिन्न बर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई
प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न
व्यक्तीहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले मिति २०७९।११।०८
गते जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर
गोलभट्टा बस्ने बर्ष २८ को प्रकाश घर्ति मगरलाई शंका लागि निजको शरीर खानतलासी
गर्ने क्रममा निजको साथबाट 'B' बर्गको सवारी चालक अनुमती पत्र लाई A, B, F & G बर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गरेको अवस्थामा फेला
पारी तत्काल नियन्त्रणमा लिई मिति २०७९।११।०९ गते लिखत सम्बन्धी कसुरमा आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावलाखेल,
ललितपुरमा पठाईएको ।
पक्राउ व्यक्ति:
१. नामः प्रकाश घर्तिमगर
उमेरः २८ वर्ष
ठेगानाः रोल्पा त्रिवेणी गा.पा. वडा नं. ७
हालः ललितपुर गोलभट्टा