प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“U.K. मा रोजगारी मिलाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने ब्यक्तिहरु पक्राउ”

२०७९-११-१५

  • A
  • A-
  • A+
Share

पिडितहरुले  सामाजिक सञ्जाल Facebook, Whatsapp, Instagram Viber, Tiktok मार्फत साथी बनाई आफू मलेसियाको नागरिक हुँ, हाल UK मा डेन्टिस डाक्टर पेशा गर्छू भनि पिडितहरुसंग मोबाईल नम्बर मागी लिई Whatsapp मार्फत कुराकानी गरी  UK मा रहेको हेल्थकेयर असिस्टेनमा राम्रो नोकरीको डिमाण्ड रहेको छ, सबै प्रकृया मिलाई UK मा नोकरी लगाई दिन्छु भन्ने जस्ता प्रलोभन देखाई, फोटो, पार्सपोर्ट, नागरीकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिए पश्चात  रकम मागी ठगी गर्ने र अरु बिभिन्न ब्यक्तिहरुलाई  पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भनी फोटो, भिडियो कल गरेको केहि दिनपछि प्रयोगकर्ताले तपाईहरुको पार्सल भारतको इन्दिरागान्ध एयरपोटमा आई पुगेको छ, उक्त पार्सल लगायतको सामान पाउनको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पिडितहरुलाई ग्लोबल आईएमई बैकको खाता न. ०६०७०१००१०१७२ भएकी सुनिता परियारको नाममा रु. २३,००,०००।– (तेईस लाख)  बराबरको  रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेको भन्ने ब्यहोराको ४ जनाको उजुरी यस कार्यालयमा पर्न आएकोले उक्त उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा  ठगी कार्यमा संलग्न  भारत बिहार राज्य मोतिहारी जिल्ला रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई हाल जिल्ला काठमाण्डौ कालीमाटी बस्ने बर्ष २५ को सुदिश कुमार साह र जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ कालीमाटी बस्ने बर्ष २७ की सुनिता परियारलाई फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।

पक्राउ व्यक्तिको विवरण:

१.      नामथर: सुदिश कुमार साह

      उमेर : २७

      ठेगाना : बिहार राज्य मोतिहारी जिल्ला रामपुर ग्राम पञ्चायत थाना दारपा

      हाल : जिल्ला काठमाण्डौ कालीमाटी ।

२.      नामथर : सुनिता परियार

उमेर : २५

ठेगाना : जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं. ११

हाल : जिल्ला काठमाण्डौ कालीमाटी ।


सम्बन्धित समाचार
“ वैदेशिक रोजगारमा ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-२०

घटना विवरण :बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहिन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.०८ गौशालाबाट मिति २०८१।०५।१९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :-  सन्देश कार्कीउमेर    :-  ३७ वर्ष      वतन   :- जिल्ला मोरङ पथरी शनिश्वरे न.पा. वडा  नं. १० ।हाल :-जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा  नं. ११ ।बिगो रकम  :- रु. ७,००,०००।– ( अक्षरेपि सात लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०८ गौशाला । पीडित संख्या  :- ३ जना

“ वैदेशिक रोजगारमा कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-१९

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहिन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०३ महाराजगन्जबाट मिति २०८१।०५।१८ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :-  सुबास आले मगरउमेर    :-  २८ वर्ष      वतन   :- जिल्ला ओखलढुङगा  चिसङखुढी न.पा. वडा  नं. ०६ पोखरे ।हाल :-जिल्ला  काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा  नं. ०३ ।बिगो रकम  :- रु. १,००,०००।– ( अक्षरेपि एक लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०३ महाराजगञ्ज ।पीडित संख्या  :- १ जना    

“ सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८१-०५-१९

घटना विवरण : वादी नेपाल सरकार प्रतिवादी जिल्ला भक्तपुर साविक दधिकोट गा.वि.स. वडा नं. ७ हाल परिवर्तित जिल्ला ऐ. सुर्यविनायक न.पा. वडा नं.४ स्थायी ठेगाना भई ऐ. बस्ने गणेश बहादुर श्रेष्ठको छोरा बर्ष ५४ को लक्ष्मण श्रेष्ठ भएको सवारी ज्यान मुद्दा (लगत नं.१८२६९ ) मा निज प्रतिवादी लक्ष्मण श्रेष्ठलाई कैद ३ महिना र जरिवाना रु २,०००/-(दुई हजार मात्र) ठहर भएकोले जरिवाना भराउने र कैद असुलउपर गर्ने भनि मिति २०७२।०४।२४ गते सम्मानित पुनरावेदन अदालत पाटनबाट फैसला भई फरार रहेका प्रतिवादी लक्ष्मण श्रेष्ठलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०५।१८ गते अं.१८:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. २ बालकोटमा फेला पारी पक्राउ गरी मिति २०८१।०५।१९ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाईएको ।  पक्राउ व्यक्तिः-नामः लक्ष्मण श्रेष्ठउमेर : ५४ वर्ष, ठेगानाः जिल्ला भक्तपुर साविक दधिकोट गा.वि.स. वडा नं. ७ हाल परिवर्तित सुर्यविनायक न.पा. ४ स्थायी वतन भई ऐ.ऐ. बस्ने,

“मोटरसाईकलको किर्ते कागजात तयार गरी ठगी गर्ने मानिस पक्राउ"
२०८१-०५-१६

बाग्मती प्रदेश ०२-०२१ प ६२१८ नम्वरको रोयल ईनफिल्ड मोटरसाईकलको नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरी रु.२,००,०००।- (अक्षेरुपी दुई लाख) मा बिक्री गर्ने भनि पीडितसंग सम्पर्क गरी जम्मा रु.१,२६,०००।– ( एक लाख छब्बिस हजार) रकम लिई फरार रहेका राजेन्द्र भण्डारीको खोजतलास गर्ने क्रममा मिति २०८१/०५/१४ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरी निजलाई लिखत तथा ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौमा पठाईएको । पक्राउ व्यक्ति:- जिल्ला बाजुरा बुढीगंगा न.पा. वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने बर्ष २३ को राजेन्द्र भण्डारी ।  

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०५-१३

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :- शशी लामाउमेर    :-   ४२ वर्ष      वतन   :- जिल्ला पाँचथर मिक्लाजुङ गा.पा.वडा नं. ०७ ।हाल  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं. ८ माकलबारी ।बिगो रकम  :- रु. ३,६५,०००।–( अक्षरेपि तीन लाख पैँसट्ठी हजार मात्र ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं नागाअर्जुन न.पा.वडा नं. ०६ सितापाइला ।पीडित संख्या  :- १ जना   २.   नाम थर  :-  रोशनी विश्वकर्माउमेर    :-  ३२ वर्ष      वतन   :- जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ०६ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २६ रानीबारी ।बिगो रकम  :- रु. १,०२,०००।- ( अक्षरेपि एक लाख दुई हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २६ सरकारी धारा ।पीडित संख्या  :- १ जना३.      ३.  नाम थर  :-  गणेश बहादुर श्रेष्ठउमेर    :-  २५ वर्ष      वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ०७ ।हाल  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा.वडा नं. ०६ ।बिगो रकम  :- रु. २,१०,०००।- ( अक्षरेपि दुई लाख दश हजार मात्र )पक्राउ स्थान  :- जिल्ला ललितपुर झम्सीखेल । पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०५-१२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा.वडा नं. १४ नैकापबाट मिति २०८१।०५।११ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :-  सुर्य बहादुर सुनुवारउमेर    :-  ४२ वर्ष      वतन   :- जिल्ला रामेछाप गोकुलगंगा गा.पा.वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १४ नैकाप ।बिगो रकम  :- रु. २,६०,०००।– ( अक्षरेपि दुई लाख साठी हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १४ नैकाप ।पीडित संख्या  :- १ जना