“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-११-२९
- A
- A-
- A+
घटना विवरण :
जिल्ला
काभ्रेपलाञ्चोक साविक खार्पाचोक गा.वि.स. वडा नं. २ परिवर्तित् रोशी गा.पा. वडा
नं. ८ घर भएका वर्ष ४६ को मेघ लाल तामाङले दोमी शेर्पा समेत ३
जनालाई वैदेशिक रोजगारीको लागि वर्किङ भिषामा क्रोएसिया जान लागि प्रतिव्यक्ति रु.
७,००,०००/- ( अक्षेरुपी सात लाख रुपैयाँ ) लाग्छ, क्रोएसिया पुगेपछि Furnishing तथा Fishfarm मा
काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक
गरी जम्मा रु. १५,००,०००/- (अक्षरुपी पन्ध्र लाख रुपैयाँ
मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको टोलीले निज मेघ लाल तामाङको खोजतलास गर्ने क्रममा मिति २०७९।११।२९ गते बिहान
१०:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा
नं. ३१ मिनभवनबाट पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : मेघ लाल
तामाङ
उमेर
: ४६ वर्ष
वतन : जिल्ला काभ्रेपलाञ्चोक साविक खार्पाचोक
गा.वि.स. वडा नं. २ परिवर्तित् रोशी गा.पा. वडा
नं.
८ घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा. ।