सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट कैद, जरिवाना तोकिई फरार रहेका प्रतिवादी पक्राउ
२०७९-१२-०१
- A
- A-
- A+
घटनाको छोटकरी विवरण :
बैकिङ कसुर मुद्दामा सम्मानित उच्च
अदालत पाटन, ललितपुरको
मिति २०७९।०९।२४ गतेको फैसलाले बिगो
रू.३६,८८,०००।- जाहेरवालालाई भराई बिगो बमोजिम रू.३६,८८,०००।- जरिवाना,
क्षतिपुर्ति शुल्क रू.१,४७,५२०।- राहत कोषमा जम्मा गराई ८ (आठ) दिन कैद हुने ठहर
भई हाल सम्म फरार रहेका प्रतिवादी पुरन बहादुर घलेलाई यस कार्यालयबाट
खटिएको टोलीले मिति २०७९।१२।०१ गते
अन्दाजी ०७:०० बजेको
समयमा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ६ खड्क भद्रकालीबाट पक्राउ गरी निजलाई
फैसला कार्यान्वयनको लागि आजै सम्मानित ललितपुर जिल्ला अदालतमा पठाईएको ।
पक्राउ
परेका प्रतिवादी :
नाम : पुरन बहादुर घले ।
उमेर : ५० वर्ष
ठेगाना : जिल्ला
धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ६ हाल
जिल्ला काठमाण्डौ बुढानिलकण्ठ
न.पा.वडा नं. ६ खड्क भद्रकाली बस्ने
।