“ जाली नोटको कारोबार गर्ने व्यक्तिहरु पक्राउ ”
२०७९-१२-०२
- A
- A-
- A+
घटना
विवरण:
काठमाण्डौको कालोपुल एरियामा विभिन्न
व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सुचना यस
कार्यालयमा प्राप्त भए पश्चात निगरानी गर्दै जाँदा यस कार्यालयबाट खटि गएको विशेष
प्रहरी टोलीले मिति २०७९।१२।०१ गते अ. १९:०० बजेको समयमा का.जि.का.म.न.पा. कालोपुलबाट
तपसिलमा उल्लेखित नाम ठेगाना भएका २ जना ब्यक्तिहरुलाई खोटा (नक्कली) जस्तो देखिने
रु १०००।- दरको नेपाली नोट थान-६३६ जम्मा
छ लाख छत्तीस हजार (रु ६,३६,०००।-) र नोटको साईजमा काटेको कागजको बण्डल थान-९ सहित
नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धि
कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।
पक्राउ
ब्यक्ति:
१.जिल्ला रामेछाप खाँडा देवी गा.पा.वडा नं. ८ घर भई हाल
का.जि. माकलबारी बस्ने वर्ष ३४ को छिरिङ लामा ।
२. जिल्ला दोलखा भिमेश्वर न.पा.वडा नं. ७ घर भई हाल का.जि.
सतुङगल बस्ने वर्ष २४ को सुरेन्द्र कार्की ।