प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ"

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

काठमाण्डौंमा सानु भण्डारी समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हाल सम्म बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी  ८१ जना पीडितहरुबाट करिब र १३ ६३ करोड  लाख भन्दा बढी ठगी गरेको  भनि पीडितहरुले दिएको किटानी जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।१२।१२  गते ठगी गर्ने कार्यमा संलग्न तपशील बमोजिमका ३ जना व्यक्तिहरुलाई ललितपुर धापाखेल एरियाबाट पक्राउ गरि निजहरुलाई मुलुकी अपराध संहिताको दफा २४९ (२) र (१) बमोजिमको   कसुर अपराधमा आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।

 

अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v पक्राउ परेका व्यक्तिहरुले आफूसंग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरि तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि form भर्न लगाई प्रति व्यक्ति १५ देखि २० लाख असुल गरि ठगी गरेको देखिएको ।

v भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको ।

v पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसंग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसंग सम्बन्धित बिभिन्न निकायसंग सम्बन्धित पत्र,  निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने बिभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धि समाचार समेत पीडितहरुलाई सेयर गरि शतप्रतिशत काम हुन्छ भनि अनेक बहाना बनाई लामो समयसम्म पीडितहरुलाई आश्चासन दिई राखेको ।

v पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाण्डौ लगायत स्थानमा पटक-पटक बोलाई हैरानी दिएको । 

v काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई दिएको पाइएको ।

v लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गर भन्दा पीडकहरुले उल्टै ज्यान मार्ने सम्मको धम्की दिएको ।

v ठगि भएको रकम संकलनका लागि बिभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएको । पीडितहरुले ६५ लाख भन्दा बढी रकम बिभिन्न व्यक्तिको खातामा डिपोजिट गरेको भेटिएको ।

v पीडितहरुमध्ये १० जना भन्दा बढीको नाममा नेपाल सरकार    गृह मन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरि शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको

v नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धि कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको । 

पक्राउ परेका व्यक्तिहरु:

१.      जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ घर भई हाल ऐ. ऐ. महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा हाईट बस्ने बर्ष ५० को सानु भण्डारी ।

२.      जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४९ को केशव प्रसाद दुलाल ।

३.      जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४५ को टंक कुमार गुरूङ ।

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।