"भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक पक्राउ"
२०७९-१२-१७
- A
- A-
- A+
घटना विवरण:
काठमाण्डौंमा केशव दुलाल, सानु भण्डारी, सागर राई समेतको संयुक्त मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारि अन्य ५० जना भन्दा बढी पीडितहरुबाट जम्मा रु. ३ करोड २४ लाख भन्दा बढी रकम ठगी गरेको भनि थप २ वटा छुट्टाछुट्टै किटानी जाहेरी दरखास्त यस कार्यालयमा प्राप्त हुन आएकोमा पीडितहरुले दिएको उक्त किटानी जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।१२।१५ गते ठगी गर्ने कार्यमा संलग्न तपशील बमोजिमको १ जना व्यक्तिलाई का.जि. बालकुमारी एरियाबाट पक्राउ गरि निजलाई मुलुकी अपराध संहिताको दफा २४९ (१) र (२) बमोजिमको कसुर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।
पक्राउ परेका व्यक्ति:
१. नाम थर:- सागर राई
वतन:- जिल्ला मोरङ्ग, पत्थरी सनिश्चरे न.पा. वडा नं. १०
उमेर:- ४४ वर्ष