“ काठमाण्डौ उपत्यकाका ४ भन्दा बढि स्थानमा डलर साट्ने बाहानामा लुटपाट गर्ने मुख्य व्यक्ति पक्राउ ”
२०७९-१२-१७
- A
- A-
- A+
घटना
विवरण :-
उपत्यकाको बिभिन्न स्थानहरुबाट बिभिन्न
व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई भक्तपुर दधिकोट
स्थितबाट नगद रू. १९,००,०००/( उन्नाईस लाख), ललितपुर चाँगाथली स्थितबाट नगद रू.
२,००,०००/- (दुई लाख), ललितपुर सानोगाउँ स्थितबाट नगद रू. ४,००,०००/- (चार लाख) र
भक्तपुर बालकोट बाट नगद रू. ५,५०,०००/-(पाँच लाख पचास हजार) गरी जम्मा ३०,५०,०००/-
(तीस लाख पचास हजार) ठगी भएको भनि बिभिन्न
मिति समयमा यस कार्यालयमा निवेदन प्राप्त भएकोमा सि.सि.टि.भि.फुटेज तथा पिडितले
दिएको हुलियाको आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे
न.पा.वडा नं.२ कर्थलि घर भई हाल जिल्ला भक्तपुर बालकोट बस्ने सोम बहादुर तामाङको
छोरा बर्ष २८ को भिम बहादुर तामाङको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको हुँदा
यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/१२/१५ गते जिल्ला भक्तपुर बालकोट
बसपार्कबाट फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो
पठाईएको, घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास र थप अनुसन्धान कार्य जारी
रहेको ।
साथै मिति २०७७/०६/२५ गते जिल्ला सि.पा. सुनकोशी गा.पा.वडा नं.७ मा जाहेरवाला विक्रम गिरीलाई नक्कलि सुन देखाई रु.५,००,०००/- ठगी गर्न खोजेको ठगी उद्योगमा ईलाका पप्रहरी कार्यालय बाहृविसेमा मुद्धा चलेको देखिएको र मिति २०७८/०४/११ गते आनन्द सिंहलाई नक्कलि सुन देखाई ठगी गरेको घटनामा भिम बहादुर तामाङ समेतलाई प्रहरी वृत नयाँबानेश्वरबाट पक्राउ परी ठगी मुद्धा चलेको ।
पक्राउ
व्यक्ति:-
नामथर:- भिम बहादुर तामाङ
उमेर:-२८ बर्ष
ठेगाना:- जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं.२ कर्थलि
हाल:- जिल्ला भक्तपुर बालकोट
अनुसन्धानबाट खुल्न आएका कुराहरु :-
१. ठगी गरेर प्राप्त गरेको पैसाबाट ऋण तिरेको ,
२. उक्त ठगी गरेको पैसाबाट
मोटरसाईकल खरिद गरेको ।