" थप १ तिब्बेतियन शरणार्थी नेपाली नागरिकता सहित पक्राउ "
२०७९-१२-२४
- A
- A-
- A+
घटना विवरण:
काठमाण्डौको
बिभिन्न ठाँउमा बसोबास गर्ने तिब्बेतियन
शरणार्थीले सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत
समेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारीस तयार गरी नक्कली बुबा समेत खडा
गरी जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकता
सहित फेला पारी निज निमा ल्हामो गुरुङलाई मिति २०७९।१२।२३ गते बौद्धबाट पक्राउ गरि
नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर
टेकु पठाइएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः
v निज तिब्बतबाट भारत बिहार दिल्ली हुदै बिगत २ बर्ष देखि बौद्धको
बुद्ध तुशाल क्याम्पमा बसोबास गर्ने गरेको ।
v निजले क्याम्पमा बसोबास गर्ने ब्यक्ति मार्फतबाट नेपाली
नागरिकता कृष्ण बहादुर कटुवाललाई नागरिकता बनाउनको लागि सम्पर्क गरेको ।
v कृष्ण बहादुर कटुवालले निमा ल्हामो गुरुङको नेपाली नागरिकता
बनाई दिए बापत ५ लाख लिएको ।
पक्राउ परेका ब्यक्ति:
१. नामः निमा ल्हामो गुरुङ
उमेर:
२७ बर्ष
ठेगानाः तिब्बतमा जन्म भई शरणार्थीको रुपमा काठमाण्डौ स्थित बौद्ध तुसाल क्याम्पमा बसोबस गर्ने गरेको ।
बरामद
सामाग्रीहरु:
१. निमा ल्हामो गुरुङको नाममा जारी भएको नेपाली नागरिकता थान -१