“नक्कली बिज्ञापन राखी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ"
२०७९-१२-२६
- A
- A-
- A+
घटना विवरण :
Hamro Bazar.com नामक Online Website मा iPhone14promax जस्ता महँगो मूल्यका iPhone
मोबाईल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ, भन्ने जस्ता आकर्षक बिज्ञापन
पोष्ट गरी मोबाईल किन्ने ब्यक्तिहरु सम्पर्कमा आएमा मोबाईलको मूल्य, डेलिभेरी,
कुरियर चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम लाग्छ भनि बिभिन्न ब्यक्तिहरुको नाममा
रहेका बैंक खाता, ईसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाई रकम पठाए पश्चात
सम्पर्क विहिन भई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला हुम्ला
सिमिकोट गाउँपालिका वडा नं. ४ घर भएका उपेन्द्र शाहीलाई जिल्ला भक्तपुर सुर्यबिनायक
न.पा. वडा नं. २ बालकोट स्थित फेला पारी पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसूरमा
आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा
पठाईएको ।
पक्राउ ब्यक्ति विवरण:-
१. नामथर: उपेन्द्र
शाही
उमेर: २४ बर्ष
ठेगाना : जिल्ला हुम्ला सिमिकोट गाउँपालिका
वडा नं. ४
हाल :
जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. २ बालकोट ।