पच्चीस (२५) वर्ष देखि फरार प्रतिवादी पक्राउ
२०७९-१२-२७
- A
- A-
- A+
जिउ मास्ने बेच्ने
मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका प्रतिवादी प्रेम लामालाई
पक्राउ गरी दिनु हुन भनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई
आएकोमा निजको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/१२/२६
गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. १५ स्वयम्भु,
भगवानपाउबाट फेला पारी पक्राउ गरी आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक
पठाईएको ।
निम्न:-
फरार प्रतिवादी :-
नाम : प्रेम लामा भन्ने ओमबहादुर तामाङ
उमेर : ५९ बर्ष
ठेगाना: जिल्ला काभ्रेपलाञ्चोक तेमाल गा.पा. वडा नं. ३
हाल : का.जि.का.म.न.पा. १५, स्वयम्भु, भगवानपाउ ।