“ अमेरिका तथा कोरिया पठाईदिन्छु भनी करोडौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०७९-१२-२९
- A
- A-
- A+
जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं. १४ स्थाई घर भई हाल का.जि.
बुढानिलकण्ठ न.पा. कपन बस्ने वर्ष ४२ को पवन
राणाले सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण
कोरिया पठाईदिन सक्छु भनी सयौँ व्यक्तिहरूलाई विश्वास दिलाई प्रलोभनमा पारी
पिडितहरुबाट करोडौँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट
यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको विशेष प्रहरी टोलीले निज पवन राणाको खोजतलास गर्ने क्रममा मिति २०७९।१२।२८ गते
का.जि. बुढानिलकण्ठ न.पा. कपनबाट पक्राउ गरी
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः पवन राणा
उमेर : ४२ वर्ष
ठेगानाः का.जि.का.म.न.पा. वडा नं. १४ स्थाई घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. कपन