प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“मासिक प्रगति समिक्षा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न”

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

वि.सं. २०७९ साल चैत्र महिना भरिमा विभिन्न घटनाहरु- तिब्बतियन नागरिकलाई झुट्टा विवरण पेश गरी नेपाली नागरिकता प्रदान गर्ने, विदेशमा रोजगारीको सिलसिलामा मरेका व्यक्तिहरुको विमा बापत मृतकका घरपरिवारले प्राप्त गर्ने रकममा ठगी गर्ने, डलर ठगी, अनलाइन ठगी, वैदेशिक रोजगार ठगी, चोरी, डकैती, लुटपाट, बैंकिङ कसूर, नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनि ठगी गर्ने  लगायतका घटनाहरुको  अनुसन्धान गरी ती घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ६ जना सिनियर  प्रहरी अधिकृत, ११ जना जुनियर प्रहरी अधिकृत र १७ जना प्र.ह./प्र.ज. गरी जम्मा ३५ जना प्रहरी कर्मचारीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन काठमाडौंका  कार्यलय प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार के.सी. द्वारा एक कार्यक्रमका बीच पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको । साथै काठमाडौं उपत्यकाको वर्तमान अपराधको समिक्षा र आगामी अनुसन्धानको योजना सम्बन्धमा छलफल गरियो । 

सम्बन्धित समाचार
“ वैदेशिक रोजगारमा ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-२०

घटना विवरण :बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहिन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.०८ गौशालाबाट मिति २०८१।०५।१९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :-  सन्देश कार्कीउमेर    :-  ३७ वर्ष      वतन   :- जिल्ला मोरङ पथरी शनिश्वरे न.पा. वडा  नं. १० ।हाल :-जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा  नं. ११ ।बिगो रकम  :- रु. ७,००,०००।– ( अक्षरेपि सात लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०८ गौशाला । पीडित संख्या  :- ३ जना

“ वैदेशिक रोजगारमा कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-१९

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहिन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०३ महाराजगन्जबाट मिति २०८१।०५।१८ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :-  सुबास आले मगरउमेर    :-  २८ वर्ष      वतन   :- जिल्ला ओखलढुङगा  चिसङखुढी न.पा. वडा  नं. ०६ पोखरे ।हाल :-जिल्ला  काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा  नं. ०३ ।बिगो रकम  :- रु. १,००,०००।– ( अक्षरेपि एक लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०३ महाराजगञ्ज ।पीडित संख्या  :- १ जना    

“ सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८१-०५-१९

घटना विवरण : वादी नेपाल सरकार प्रतिवादी जिल्ला भक्तपुर साविक दधिकोट गा.वि.स. वडा नं. ७ हाल परिवर्तित जिल्ला ऐ. सुर्यविनायक न.पा. वडा नं.४ स्थायी ठेगाना भई ऐ. बस्ने गणेश बहादुर श्रेष्ठको छोरा बर्ष ५४ को लक्ष्मण श्रेष्ठ भएको सवारी ज्यान मुद्दा (लगत नं.१८२६९ ) मा निज प्रतिवादी लक्ष्मण श्रेष्ठलाई कैद ३ महिना र जरिवाना रु २,०००/-(दुई हजार मात्र) ठहर भएकोले जरिवाना भराउने र कैद असुलउपर गर्ने भनि मिति २०७२।०४।२४ गते सम्मानित पुनरावेदन अदालत पाटनबाट फैसला भई फरार रहेका प्रतिवादी लक्ष्मण श्रेष्ठलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०५।१८ गते अं.१८:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. २ बालकोटमा फेला पारी पक्राउ गरी मिति २०८१।०५।१९ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाईएको ।  पक्राउ व्यक्तिः-नामः लक्ष्मण श्रेष्ठउमेर : ५४ वर्ष, ठेगानाः जिल्ला भक्तपुर साविक दधिकोट गा.वि.स. वडा नं. ७ हाल परिवर्तित सुर्यविनायक न.पा. ४ स्थायी वतन भई ऐ.ऐ. बस्ने,

“मोटरसाईकलको किर्ते कागजात तयार गरी ठगी गर्ने मानिस पक्राउ"
२०८१-०५-१६

बाग्मती प्रदेश ०२-०२१ प ६२१८ नम्वरको रोयल ईनफिल्ड मोटरसाईकलको नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरी रु.२,००,०००।- (अक्षेरुपी दुई लाख) मा बिक्री गर्ने भनि पीडितसंग सम्पर्क गरी जम्मा रु.१,२६,०००।– ( एक लाख छब्बिस हजार) रकम लिई फरार रहेका राजेन्द्र भण्डारीको खोजतलास गर्ने क्रममा मिति २०८१/०५/१४ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरी निजलाई लिखत तथा ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौमा पठाईएको । पक्राउ व्यक्ति:- जिल्ला बाजुरा बुढीगंगा न.पा. वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने बर्ष २३ को राजेन्द्र भण्डारी ।  

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०५-१३

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :- शशी लामाउमेर    :-   ४२ वर्ष      वतन   :- जिल्ला पाँचथर मिक्लाजुङ गा.पा.वडा नं. ०७ ।हाल  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं. ८ माकलबारी ।बिगो रकम  :- रु. ३,६५,०००।–( अक्षरेपि तीन लाख पैँसट्ठी हजार मात्र ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं नागाअर्जुन न.पा.वडा नं. ०६ सितापाइला ।पीडित संख्या  :- १ जना   २.   नाम थर  :-  रोशनी विश्वकर्माउमेर    :-  ३२ वर्ष      वतन   :- जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ०६ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २६ रानीबारी ।बिगो रकम  :- रु. १,०२,०००।- ( अक्षरेपि एक लाख दुई हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २६ सरकारी धारा ।पीडित संख्या  :- १ जना३.      ३.  नाम थर  :-  गणेश बहादुर श्रेष्ठउमेर    :-  २५ वर्ष      वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ०७ ।हाल  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा.वडा नं. ०६ ।बिगो रकम  :- रु. २,१०,०००।- ( अक्षरेपि दुई लाख दश हजार मात्र )पक्राउ स्थान  :- जिल्ला ललितपुर झम्सीखेल । पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०५-१२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा.वडा नं. १४ नैकापबाट मिति २०८१।०५।११ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :-  सुर्य बहादुर सुनुवारउमेर    :-  ४२ वर्ष      वतन   :- जिल्ला रामेछाप गोकुलगंगा गा.पा.वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १४ नैकाप ।बिगो रकम  :- रु. २,६०,०००।– ( अक्षरेपि दुई लाख साठी हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १४ नैकाप ।पीडित संख्या  :- १ जना