“ काठमाण्डौ उपत्यकाका विभिन्न तीन स्थानमा अमेरिकन डलर साट्ने बाहानामा लुटपाट गर्ने मुख्य व्यक्तिहरु पक्राउ ”
२०८०-०१-०३
- A
- A-
- A+
उपत्यकाको बिभिन्न तीन स्थानहरुबाट
बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर साटीदिन्छु भनि
प्रलोभन देखाई ललितपुर हरिसिद्धि बाट १८,००,०००/-,काठमाण्डौ चोभारबाट १८,००,०००/-
र ललितपुर ईमाडोलबाट १०,००,०००/- ठगी भएको भनि बिभिन्न मिति समयमा यस कार्यालयमा
निवेदन प्राप्त भएकोमा पिडितले दिएको हुलिया तथा अपराधिक कार्यविधि समेतको आधारमा उक्त
घटनाहरुको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा निम्न व्यक्तिहरुको संलग्नता रहेको
खुल्न आएको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/१२/३० गते जिल्ला
ललितपुर ,ढुङ्गेलि बसपार्क नजिकबाट फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा
कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाईएको, घटनामा संलग्न अन्य व्यक्तिहरुको
खोजतलास र थप अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ
व्यक्तिहरु:-
१. नामथर:- सुकलाल पाईन
उमेर:-२९ बर्ष
ठेगाना:- जिल्ला
सिन्धुपाल्चोक
बाह्रबिसे न.पा. वडा नं.३ धार्पा
हाल:- जिल्ला ललितपुर
टिकाथलि
२. नामथर : ईनकुमार पाख्रिन
उमेर : २५ वर्ष
ठेगाना : जिल्ला
सिन्धुपाल्चोक
बाह्रबिसे न.पा. वडा नं.३ धार्पा
हाल:- जिल्ला ललितपुर
टिकाथलि
३. नामथर : सुर्य बहादुर पाईन
उमेर : २२ वर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे
न.पा. वडा नं.३ धार्पा
हाल:- जिल्ला ललितपुर
टिकाथलि
अनसुन्धानबाट खुल्न आएका तथ्यहरु :-
क) निज सुकलाल पाईनलाई प्रहरी वृत्त बौद्धबाट मिति २०७६/०५/१० गते
डाँकाचोरी कसुरमा मुद्दा चलेको देखिएको ।