“ मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-०१-०४
- A
- A-
- A+
घटना विवरण :
जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं. १० बानेश्वर थापागाउँ
बस्ने वर्ष ५१ की बिमला थापाले कमल चौधरीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु
राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम लिई सम्पर्क
विहीन भई ठगी गरेको भनी वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित
गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज बिमला
थापाको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।०४ गते का.जि.का.म.न.पा. वडा नं. १०बानेश्वर
थापागाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः बिमला थापा
उमेर : ५१ वर्ष
ठेगानाः
काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १० बानेश्वर थापागाउँ