“ न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-११
- A
- A-
- A+
घटना विवरण :
जिल्ला धादिङ निलकण्ठ न.पा वडा नं. ३ पुछारबजार घर भई हाल
का.जि टोखा न.पा वडा नं. ६ बानियाँटार
धनेश्वर मन्दिर बस्ने वर्ष ३८ को हरिजंग गरुङले राजेश श्रेष्ठ समेतलाई वैदेशिक
रोजगारीको लागि न्युजिल्याड पठाईदिन्छु, प्रतिष्ठित होटलमा कम लगाईदिन्छु, मासिक रु. १,५०,०००/- भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पिडितहरूबाट पटकपटक गरी जम्मा
रु ५,०६,०००।– ( अक्षेरुपी पाँच लाख छ हजार मात्र) रकम लिई सम्पर्क विहिन भई ठगी गरेकोले
वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी
पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज हरिजंग गुरुङलाई खोजतलास
गर्ने क्रममा मिति २०८०।०१।१० गते टोखा न.पा.
वडा नं. ६ बानियाँटार धनेश्वर मन्दिर, काठमाडौँबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको
।
निम्न:
१.
नाम थर : हरिजंग गुरुङ
उमेर :३८ वर्ष
वतन : जिल्ला धादिङ निलकण्ठ न.पा वडा नं. ३ पुछारबजार घर भई हाल का.जि.टोखा
न.पा. वडा नं. ६ बानियाँटार