“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-१४
- A
- A-
- A+
जिल्ला कैलाली टिकापुर न.पा. वडा नं.१ स्थाई घर
भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. टिकाथली बस्ने वर्ष ४० को कृतक बहादुर
साउँदले दिनेश बमलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल
पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक रु. २,००,०००/- भन्दा बढी तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितबाट पटकपटक गरी जम्मा रु. १३,९२,०००/-
( अक्षेरुपी तेह्र लाख बयानब्बे हजार रुपैयाँ मात्र ) रकम लिई पोर्चुगल पठाईदिने
भनी अजरबैजानसम्म पुर्याएर अलपत्र पारी सम्पर्क विहीन भई ठगी गरेको भनी वैदेशिक
रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार
भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज कृतक बहादुर साउँदको खोजतलास
गर्ने क्रममा मिति २०८०।०१।१३ गते १६:३० बजेको समयमा का.जि.का.न.पा. वडा नं. ९ सिनामंगलबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः कृतक बहादुर साउँद
उमेर : ४० वर्ष
ठेगानाः जिल्ला कैलाली टिकापुर न.पा. वडा नं. १ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.टिकाथली