“लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-०१-१५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी अजय राई समेत भएको लागू औषध (गाँजा) कसुर
मुद्दामा फरार रहेका प्रतिवादीहरु मध्येका जिल्ला धनकुटा सहिद भूमी गा.पा. वडा नं ०३ स्थायी घर भई हाल जिल्ला
ललितपुर महालक्ष्मी.न.पा. वडा नं.०५ टिकाथली बस्ने वर्ष २७ को खिल प्रसाद भन्ने खिरीलाल राई फरार रहेकोमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलिले मिति २०८०।०१।१५ गते जिल्ला ललितपुर ईमाडोलबाट निज फरार प्रतिवादीलाई फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय, धनकुटा पठाईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : खिल प्रसाद भन्ने
खिरीलाल राई
उमेर : २७ बर्ष
ठेगाना : जिल्ला धनकुटा
सहिदभूमी गा.पा. वडा नं ०३
हाल : जिल्ला ललितपुर,
सानेपा