“ अष्ट्रेलिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-१७
- A
- A-
- A+
जिल्ला चितवन
भरतपुर म.न.पा. वडा नं. ०४ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ०१ लाजिम्पाट
स्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक वर्ष २७ को सञ्जय रेग्मी समेतले अमृता
गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया जानको लागि रु.
३०,००,०००/- ( अक्षेरुपी तीस लाख रुपैयाँ ) लाग्छ, अष्ट्रेलिया
पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ३,००,०००/- भन्दा बढी तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३०,००,०००/- (अक्षरुपी तीस लाख रुपैयाँ मात्र) रकम लिई
सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी
उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी
टोलीले निज सञ्जय रेग्मीको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।१७ गते का.जि.का.म.न.पा.
वडा नं. १ दरबारमार्गबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः सञ्जय रेग्मी
उमेर : २७ वर्ष
ठेगानाः जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ०४ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ०१ लाजिम्पाट