“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-१७
- A
- A-
- A+
जिल्ला तनहुँ भिमाद
न.पा. वडा नं. २ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ सामाखुशी स्थित Euro Tech Consultancy Pvt. Ltd. का मार्केटिङ मेनेजर वर्ष २६ को मन बहादुर कुमालले प्रेम
बहादुर सुनारलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु, दुबई जानको लागि रु. ३,००,०००/- ( अक्षेरुपी तीन
लाख रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा Security
Guard को काम लगाइदिन्छु मासिक रु. ६०,०००/- भन्दा बढी तलव हुन्छ
भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,५०,०००/- (अक्षरुपी तीन लाख पचास हजार रुपैयाँ
मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको विशेष प्रहरी टोलीले निज मन बहादुर कुमालको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।१५
गते अं. १६:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्कबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः मन बहादुर कुमाल
उमेर : २६ वर्ष
ठेगाना : जिल्ला तनहुँ भिमाद न.पा. वडा नं. २ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ सामाखुशी