“ कम्बोडीया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-१९
- A
- A-
- A+
जिल्ला चितवन राप्ती न.पा. वडा नं. ०९ लालपुर स्थाई घर भई हाल जिल्ला भक्तपुर जगाती बस्ने वर्ष ३१ को राजु श्रेष्ठले बिजु कार्कीलाई वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाईदिन्छु, कम्बोडीया जानको लागि रु. ७,००,०००/- (अक्षेरुपी सात लाख रुपैयाँ) लाग्छ, कम्बोडीया पुगेपछि RFC Security Guard मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ७,००,०००/- (अक्षरुपी सात लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज राजु श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।१९ गते का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
१. नामः राजु श्रेष्ठ
उमेर : ३१ वर्ष
ठेगानाः जिल्ला चितवन राप्ती न.पा. वडा नं. ०९ लालपुर स्थाई घर भई हाल जिल्ला भक्तपुर जगाती