"सम्मानित उच्च अदालत पाटनबाट जरिवाना तोकाई फरार रहेका प्रतिवादी पक्राउ"
२०८०-०१-२०
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी राजेन्द्र कुमार श्रेष्ठ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन,ललितपुरको मिति
२०७९।१०।२७ गते जाहेरवालाले प्रतिवादीबाट विगो रु २६,००,०००।– भरि पाउने ठहरी
सम्मानित उच्च अदालतको फैसला अनुसार निज प्रतिवादीको नामको स्वतन्त्र जायजेथा समेत
फेला नपरेकोले विगो वापत प्रतिवादीलाई २ बर्ष कैद सजाय ठहर गरी फैसला भएकोमा निज
हाल सम्म फरार रहेकोले यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलीले मिति
२०८०।०१।१९ गते पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौ पठाईएको ।
पक्राउ परेका
व्यक्ति :-
१.
नाम:- राजेन्द्र कुमार श्रेष्ठ
उमेर:-
४३ बर्ष
ठेगाना:-
का.जि.का.म.न.पा.वडा नं.१० बानेश्वर